Ads

प्रतिनिधि सभा बैठक : प्रचण्डले सम्बोधन नगर्ने


प्रतिनिधि सभाको आज (बिहीबार) बस्ने बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन नगर्ने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार पार्टीको तर्फबाट नेता वर्षमान पुन ले मन्तव्य राख्न नाम टिपाएका छन्। सचिवालयका प्रवक्ता एकराम गिरी ले यसबारे जानकारी दिएका हुन्।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने, नेपाली कांग्रेस का सांसद भीष्मराज आङ्देम्बे तथा नेकपा एमाले बाट रामबहादुर थापा ‘बादल’ ले पनि मन्तव्य राख्ने सूचीमा नाम टिपाएका छन्।

Ads

सम्बन्धित पोष्टहरू