Ads

हर्क साम्पाङले गरे एमसीसी खारेजको माग


श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना Millennium Challenge Corporation (MCC) Nepal Compact खारेज गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले एमसीसीलाई असमान र राष्ट्रघाती सम्झौता भन्दै तत्काल खारेजीको माग गरे। उनले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।

साम्पाङले भने, “म आफ्नो मन्तव्यभन्दा पनि जनताको माग बुँदागत रूपमा राख्न चाहन्छु। पृथ्वी रहिरहुञ्जेल यो देश रहनुपर्छ, हाम्रो झण्डा रहिरहनुपर्छ भन्ने हाम्रो मान्यता हो।”

उनले एमसीसीलाई सैन्य रणनीति उद्देश्यसँग जोडिएको असमान व्यापारिक सन्धीको संज्ञा दिँदै यसको खारेजी आवश्यक रहेको बताए।

यससँगै उनले संसद बैठक समयमै सञ्चालन गर्न पनि आग्रह गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू