निरन्तर कामको चापबीच सुधन गुरुङ मन्त्रालयकै सोफामा निदाएको तस्वीर सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।
गृहमन्त्री गुरुङ सिरक ओढेर सोफामै विश्राम गरिरहेको उक्त तस्वीर उनकाे सचिवालयले सार्वजनिक गरेको हो। सचिवालयका अनुसार २४ घण्टा नै जिम्मेवारीमा खटिनुपरेपछि उनले मन्त्रालयमै छोटो विश्राम लिएका हुन्।
गएराति विमानस्थल अनुगमनमा खटिएका गुरुङले व्यस्त कार्यतालिकाकै बीच केहीबेर आराम गर्नुपरेको जनाइएको छ। उनले आफैंले पनि सो तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै जनताप्रतिको आफ्नो प्रतिबद्धता झल्काएका छन्।
“निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,” भन्ने भावपूर्ण क्याप्सनसहित उनले सार्वजनिक गरेको तस्वीरले जिम्मेवारीप्रतिको उनको समर्पण झल्काउँछ।
व्यस्तताबीचको यो साधारण विश्रामले गृहमन्त्रीको कार्यशैली र जनसेवाप्रतिको लगावलाई थप उजागर गरेको
प्रतिक्रिया दिनुहोस्