Ads

डीपी अर्याल निर्विरोध सभामुख चयन, एमालेले दिएन उम्मेदवारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख पदमा निर्विरोध चयन भएका छन्।

नेकपा एमालेले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गराएका थिए।

मनोनयन दर्ताका क्रममा रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो। संसदमा रास्वपाको एकल बहुमत रहेकाले अर्यालको सभामुख बन्ने सुनिश्चितजस्तै थियो। मनोनयन दर्तापछि सभापति लामिछानेले अर्याललाई अंकमाल गर्दै बधाई दिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू