Ads

एमालेकी लीला भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष बन्दै


संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा को उपाध्यक्ष पदमा लीला भण्डारी सर्वसम्मत रूपमा चयन हुने लगभग निश्चित भएको छ। नेकपा एमाले का तर्फबाट उनको उम्मेदवारीमा प्रमुख दलहरूबीच सहमति जुटेपछि भण्डारी उपाध्यक्ष बन्ने मार्ग सहज बनेको हो।

राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका विभिन्न राजनीतिक दलहरूले भण्डारीलाई सर्वसम्मत रूपमा समर्थन गर्ने सहमति गरेका छन्। सोही अनुसार उनले आइतबार मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ भने सोमबारका लागि निर्वाचन कार्यतालिका राखिएको छ।

यसअघि उपाध्यक्ष रहेकी विमला घिमिरे को कार्यकाल समाप्त भएसँगै उक्त पद रिक्त रहेको थियो। राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८(१) बमोजिम उपाध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो।

हाल राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल रहेका छन्। उता प्रतिनिधि सभा को उपसभामुख पदमा खुश्वु ओली को सम्भावना बलियो देखिएको छ।

पूर्वराज्यमन्त्रीसमेत रहेकी भण्डारी २०७५ सालमा एमाले प्रवेश गरेकी थिइन्। त्यसअघि उनी नयाँ शक्ति पार्टी मा आवद्ध थिइन् भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीबाट कैलाली–६ बाट निर्वाचित भएकी थिइन्। पछिल्लो समय उनलाई फागुन ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाइएको थियो।

राजनीतिक सहमतिका आधारमा हुने यो चयनले राष्ट्रिय सभामा शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू