Ads

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त


सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको मुख्य कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो।

महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दाहरूको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने जिम्मेवारीमा रहन्छन्। साथै, सरकारवादी हुने सबै मुद्दाहरूमा बहस पैरवीको नेतृत्व पनि उनीमार्फत नै हुन्छ।

Ads

सम्बन्धित पोष्टहरू