Ads

प्रधानमन्त्री बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।

यो बैठक आकस्मिक रूपमा बोलाइएको जनाइएको छ भने यसको एजेण्डा सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार समसामयिक विषयमा छलफलका लागि बैठक डाकिएको हुनसक्ने अनुमान गरिएको छ।

उता गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेपलाञ्चोकस्थित रोशी खोला क्षेत्रको निरीक्षणमा जाने तयारीमा थिए। तर आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाइएपछि उनको भ्रमण स्थगित भएको छ।

बैठक सकिएपछि गृहमन्त्री गुरुङ काभ्रे जाने कार्यक्रम रहेको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू