मेष काम प्रति रुचि घट्नेछ भने मनमा नकारात्मक विचारले स्थान लिन सक्छ । काममा अवरोध आउनुका साथै मान सम्मानमा पनि आघात पुग्ने सम्भावना छ । तर, आर्थिक पक्ष भने सुधारोन्मुख रहनेछ ।
वृष दिन दुःखीलाई गरेको सहयोगले रोकिएका काम बन्न सक्छन् । धन लगानी गर्ने अवसर प्राप्त हुनेछ । उद्योग तथा व्यापारमा विशेष लाभ मिल्नेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सहजै परास्त गर्न सकिनेछ ।
मिथुन सहयोग, पुरस्कार तथा हौसलामा वृद्धि हुनेछ । बिग्रिएका कामहरू बन्नेछन् । कमजोरी माथि टिप्पणी हुन सक्ने भएकाले सचेत रहनु आवश्यक छ । विगतका कामबाट लाभ मिल्नेछ ।
कर्कट विश्वास गरेका व्यक्तिबाट नै धोका हुन सक्ने सम्भावना छ । अनावश्यक यात्रा नगर्नु उपयुक्त हुनेछ । गरेका कामको उचित प्रतिफल प्राप्त हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा केही समस्या आउन सक्छ ।
सिंह माता पिताको स्वास्थ्यमा केही समस्या देखिन सक्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । विगतका निर्णयका कारण काममा असर पर्न सक्छ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ ।
कन्या प्रशस्त धन आर्जन गर्ने अवसर प्राप्त हुनेछ । कर्म प्राप्तिको योग रहेको छ र राम्रो सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
तुला व्यवसायबाट राम्रो फाइदा उठाउने अवसर छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । परिवारजनको सहयोग पाएमा काममा अझ सफलता मिल्नेछ । पशुधन तथा जमिनबाट सामान्य लाभ हुनेछ ।
वृश्चिक स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले दैनिक काममा असर पर्न सक्छ । बोलीको गलत अर्थ लाग्न सक्छ र लेनदेनमा विवाद बढ्न सक्छ । सहयोगीहरूको साथ कम मिल्न सक्छ ।
धनु पारिवारिक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । शुभचिन्तकहरूले कमजोरी औंल्याउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु आवश्यक छ ।
मकर धर्म कर्म प्रति रुचि बढ्नेछ । खेलकुद तथा कला क्षेत्रमा रहेका व्यक्तिहरूका लागि समय उत्साहजनक रहनेछ । प्रशस्त धन आर्जन गर्ने अवसर छ । कम प्रतिस्पर्धामै फाइदा हुने योग रहेको छ ।
कुम्भ समाजमा आलोचना गर्नेहरूको कमी हुने छैन । आकस्मिक यात्राको योग छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । पारिवारिक आवश्यकता पूरा हुनेछन् । श्रमको उचित मूल्यांकन हुनेछ ।
मीन खर्च बढ्नेछ र शरीरमा आलस्यता बढ्न सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ । पठन पाठनमा ध्यान दिन कठिन हुन सक्छ । आलोचना सहनुपर्ने अवस्था आउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्