Ads

इरानी जनतालाई सम्मान गर्दै एमाले महासचिवको सन्देश: नेपालीले पनि पाठ सिक्नुपर्छ


शंकर पोखरेल ले युद्धको कठिन परिस्थितिमा इरानी जनताले देखाएको साहस र निर्भीकताको प्रशंसा गरेका छन्। उनले यस्तो अवस्थाले “मानवता अझै पनि जीवित छ” भन्ने सन्देश दिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले सूचना र प्रविधिको उन्नत युगमा समेत कुनै सभ्यतालाई “ढुङ्गे युगमा फर्काउने धम्की” दिनु मानव सभ्यतामाथिको गम्भीर व्यङ्ग्य भएको टिप्पणी गरेका छन्। यस्तो अवस्थामा केही विश्व शक्तिहरूको मौनता लाजमर्दो देखिएको उनको भनाइ छ।

उनले लेखेका छन् कि संकटको समयमा आफ्नो देशको पक्षमा दृढतापूर्वक उभिएका इरानी जनताले मानवताको वास्तविक मूल्य झल्काएको छ। साथै, अमेरिकी जनताले आफ्नो नेतृत्वमाथि गरेको खबरदारीले पनि भविष्यप्रति आशा जगाएको उल्लेख गरेका छन्।

पोखरेलले इरानी जनताको देशभक्तिबाट नेपाली जनताले पनि पाठ सिक्नुपर्ने बताएका छन्। अमेरिका–इरानबीच भएको अस्थायी युद्धविरामप्रति खुशी व्यक्त गर्दै उनले यसलाई स्थायी शान्तिमा रूपान्तरण हुने अपेक्षा गरेका छन्।

अन्त्यमा उनले सबैलाई सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा आवाज उठाउन आग्रह गर्दै भनेका छन्—“हिंसा मानवताको शत्रु हो, शान्ति नै हाम्रो साझा भविष्य हो।”

Ads

सम्बन्धित पोष्टहरू