Ads

चैत्र २६ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा प्रगति हुने समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा मिल्नेछ भने नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ ।

वृष पुरस्कार, प्रशंसा र ख्याति प्राप्त हुने समय छ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रो फाइदा हुनेछ ।

मिथुन रोकिएका कामहरू बन्नुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च हुन सक्छ । कठिन परिस्थितिमा गरेको प्रयासले प्रतिष्ठा दिलाउनेछ ।

कर्कट टाउको दुखाइ वा आँखा सम्बन्धी समस्या सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा अवसर गुम्न सक्छ । सञ्चित धनमा हानी हुन सक्ने भएकाले आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस् ।

सिंह आफ्ना कमजोरी प्रति आलोचना बढ्न सक्छ । आफन्तसँग केही असमझदारी भएपनि शुभचिन्तकहरूको साथ पाइनेछ । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु राम्रो हुन्छ । परोपकारी कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या मान सम्मान प्राप्त हुनुका साथै आम्दानी बढ्नेछ । परिवारमा केही असमझदारी हुन सक्छ । व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ योजना बन्ने र नयाँ काम सुरु हुने सम्भावना छ । सामान्य कामबाट पनि राम्रो आम्दानी हुनेछ ।

तुला बुद्धिको प्रयोगले सफलता प्राप्त गर्न सकिनेछ । उत्तम बस्त्र, भोजन तथा उपहार प्राप्त हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहनेछ । खर्च बढ्ने र काममा केही अवरोध आउन सक्छ ।

वृश्चिक कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउन सक्छ । महत्त्वपूर्ण काममा सफलता मिल्दा आकस्मिक धन लाभ हुनेछ । पढाइमा रुचि बढ्नेछ ।

धनु विवाद र झगडाबाट टाढा रहनु बुद्धिमानी हुनेछ । विपरीत लिङ्गी वा शुभचिन्तकहरूको साथ पाइनेछ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । भूमि, सवारी साधन वा पैत्रिक सम्पत्तिबाट फाइदा लिन सकिनेछ ।

मकर बुद्धिको प्रयोगले शत्रुबाट बच्न सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । अस्थायी पेसाबाट राम्रो फाइदा हुनेछ । नोकरी प्राप्तिको सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ ।

कुम्भ नजिकका साथीभाइ टाढिन सक्छन् भने टाढाका साथीभाइसँग सम्बन्ध बलियो बन्नेछ । पहिलेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । खर्च भएपनि भविष्यका लागि महत्वपूर्ण काम सुरु गर्ने अवसर मिल्नेछ ।

मीन आम्दानीभन्दा खर्च बढी हुँदा आर्थिक समस्या देखिन सक्छ । काममा ढिला सुस्ती हुन सक्छ । चोट पटक लाग्ने सम्भावना भएकाले सवारी साधन चलाउँदा वा जोखिमपूर्ण काम गर्दा सावधानी अपनाउनुहोस् ।

Ads

सम्बन्धित पोष्टहरू