Ads

ओेली-लेखकलाई रिहा गरिँदै


पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा रिहा गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको परमादेशअनुसार उनीहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको हो। प्रहरी स्रोतका अनुसार हाजिर जमानतमा छोड्ने निर्णयसहितको पत्र सरकारी वकिल कार्यालयबाट प्राप्त भइसकेको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा भएको दमनबारे जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि उनीहरूलाई १४ चैतमा निवासबाटै पक्राउ गरिएको थियो।

अब अदालतको आदेशअनुसार दुवै नेता हाजिर जमानतमा रिहा हुने भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू