राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाका नयाँ सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
अध्यक्ष दाहालले हालै निर्वाचित सभामुख अर्याललाई बधाई व्यक्त गर्दै आगामी समयमा संसदको कार्यप्रणालीलाई व्यवस्थित बनाउन आवश्यक सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन्।
स्रोतका अनुसार, सभामुख र अध्यक्षबीच भएको भेटवार्तामा सदन सञ्चालनका विषयमा विचार विमर्श भएको छ। दुवै पक्षले आगामी कामकाज पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउन आपसी समन्वयमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्