नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भएको आरोप लगाएका छन्।
लेखकका अनुसार, सो प्रतिवेदनको आधारमा उनमाथि फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको थियो। उनी सामाजिक सञ्जालमा लेख्छन्, “गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको प्रतिवेदनको आधारमा मलाई नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।”
उनले आफ्नो कानुन पालन र न्यायमा विश्वास रहेको पनि बताए, साथै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने स्पष्ट पारेका छन्।
कार्की आयोगको प्रतिवेदनको आधारमा यही चैत १४ गते भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको लेखकलाई काठमाडौंको महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिएको थियो। तर बिहीबार (चैत २६) बिहान हाजिरी जमानीमा रिहा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्