संसदमा उपसभामुख चयन प्रक्रिया जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि आक्रोश पोखेको छ।
यस क्रममा राप्रपा सांसद सरस्वती लामा को निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै राप्रपा नेताहरूले रास्वपाको धोका र अविश्वास प्रति आलोचना गरेका छन्।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपाबाट धोका भएको आरोप लगाउँदै भने, “सहयोग गर्ने वचन दिएर पछि धोका दिनु अस्वभाविक हो। यसले राजनीतिमा अविश्वास सिर्जना गर्छ।”
साथै, राप्रपा सांसद खुश्बु ओलीले पनि यस घटनालाई लिएर प्रतिक्रिया दिँदै भनिन्,
“अब सदनमा यस्तो खालको अविश्वास र धोका दोहोरिनु हुँदैन। राप्रपाले रास्वपालाई माफी गरिदिनेछ।” राप्रपाको यो प्रतिक्रिया उपसभामुख चयनको प्रक्रियामा राजनीतिक दलबीचको तनाव र भरोसाको कमी प्रष्ट रूपमा देखाएको छ।
प्रतिक्रिया दिनुहोस्