प्रधानमन्त्री बालेन्द्र शाहा र अन्य नेताहरूलाई लक्षित गरी युट्युबमा अपमानजनक तथा गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का निवासी राेशन पाेखरेल हुन्। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई पक्राउ गरेको जानकारी प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ गरिएको सामग्री ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित भएको थियो। प्रहरीले उनलाई जिल्ला अदालत पाँचथरबाट दश दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी अनुसन्धान जारी राखेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए।
यस घटनाले डिजिटल माध्यममा सार्वजनिक सामग्रीको निगरानी र सामाजिक उत्तरदायित्वबारे पुनः ध्यानाकर्षण गरेको छ।
प्रतिक्रिया दिनुहोस्