Ads

गोकुल बास्कोटाको व्यंग्यः ‘डाँडाभरि लालीगुराँस फुल्दा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी’


नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले मन्त्रीहरूको सुनसम्पत्ति तर्फ लक्षित गर्दै कटाक्ष गर्दै भनेका छन् – “देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ– सुशासन त्यहीँबाट आरम्भ भै हाल्छ।”

उनले नेपाली उखान ‘जहाँ कङ्गाल, त्यहाँ चण्डाल’ उद्धृत गर्दै, अब देश कङ्गाल अवस्थाबाट मुक्त भए पनि त्यो मुक्ति जनताका लागि नभई सत्ताको वरिपरि घुम्नेहरूका लागि मात्र आएको संकेत गरेका छन्।

पूर्वमन्त्रीले चुनावी अभियानका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम भ्रमणमा लेखेको स्टाटस “झिक्कै झिक्कै मया तम्लाई” पनि स्मरण गर्दै, मन्त्रीहरूको सम्पत्ति विवरणसँगै मुलुकमा समृद्धि आइसकेको व्यंग्य गरेका छन्। उनले लेखेका छन् – “जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे, त्यो दुर भएछ– झिक्कै झिक्कै मया तम्लाई!”

Ads

सम्बन्धित पोष्टहरू