मेष शैक्षिक उन्नतिका प्रशस्त अवसर प्राप्त हुनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखद रहनेछ । खानपानमा विशेष ध्यान दिनुहोस् । नयाँ कामको अवसर मिल्नेछ भने शैक्षिक व्यवसायमा संलग्नहरूका लागि समय अनुकूल छ ।
वृष चरित्र सम्बन्धी आरोप लाग्न सक्ने भएकाले विपरीत लिङ्गीसँग दूरी राख्नु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्न सक्छ । उद्योग व्यापारमा राम्रो लाभ हुनेछ । शत्रु तथा प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
मिथुन माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ । अध्ययनमा अवरोध आउन सक्ने भएकाले सावधानी आवश्यक छ । आज गरिएका निर्णयले नकारात्मक असर पार्न सक्छ, त्यसैले सोच विचार गरेर निर्णय लिनुहोस् ।
कर्कट नगद सहयोग दिनु अघि सोच्नुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्नु लाभदायक हुनेछ । आय व्यय सन्तुलन मध्यम रहनेछ तर खर्च बढ्न सक्छ । उपहार प्राप्त हुने योग छ । सहयोगीहरूको साथ मिल्नेछ ।
सिंह धार्मिक कार्यमा मन नलाग्न सक्छ र भाग्यले साथ नदिने संकेत छ । विश्वासघात हुन सक्ने भएकाले गोपनीयतामा सावधानी अपनाउनुहोस् । दाम्पत्य जीवन सुमधुर हुनेछ र टाढिएका जोडी बीच पुनर्मिलनको सम्भावना छ ।
कन्या घर वा सवारी साधन जोड्ने अवसर मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्य अनुसार सफलता मिल्नेछ, तर काम समयमै सम्पन्न नहुन सक्छ ।
तुला हड्डी, नशा र पेट सम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । गोपनीयता कायम राख्नु उचित हुनेछ । आम्दानीका अवसर बढ्नेछन् । पुराना मित्रसँग भेटघाट हुन सक्छ, तर विवादको सम्भावना पनि छ ।
वृश्चिक दाम्पत्य जीवनमा विवाद बढ्न सक्छ । घरेलु समस्याले चिन्ता बढाउन सक्छ र साथी तथा आफन्तबाट धोका हुन सक्छ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लागेर विवाद हुन सक्छ ।
धनु जागिर तथा राजनीतिमा गरेका प्रयास सफल रहनेछन् । स्वादिष्ट भोजनको अवसर मिल्न सक्छ । कृषिमा कामको चाप बढेपनि आर्थिक रूपमा लाभ हुने समय छ । लगनशीलतामा कमी हुँदा आलोचना सहनुपर्ने अवस्था आउन सक्छ ।
मकर बोलीको प्रभावले अरूलाई प्रभावित पार्दै आफ्नो काम अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
कुम्भ आम्दानी सीमित हुँदा आर्थिक समस्या आउन सक्छ । अनावश्यक यात्रा बढ्न सक्छ र लाभदायक यात्रा कम हुने देखिन्छ । प्रेम सम्बन्धमा उतार चढाव आउन सक्छ । पढाइमा ध्यान कम हुन सक्ने भएकाले संयम आवश्यक छ ।
मीन हाड जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । आर्थिक कारोबारमा अवरोध आउन सक्छ । धार्मिक कार्यमा रुचि कम देखिनेछ । अरूको विश्वास जित्न सफल भइनेछ । बौद्धिक कार्यमा प्रगति हुनेछ, ऊर्जा र उत्साह बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्