मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ४:३० बजेका लागि तय गरिएको हो।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ। साथै, आवश्यक नीति तथा प्रशासनिक निर्णयहरू पनि आजको बैठकबाट लिइने सम्भावना रहेको छ।
सरकारका नियमित कामकारबाहीका साथै राष्ट्रिय प्राथमिकताका विषयमा समेत मन्त्रिपरिषद्मा विचार-विमर्श हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्