Ads

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले माग्यो जवाफ, झिकायो कागजात


सर्वोच्च अदालतले पूर्व ऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा ललितपुर जिल्ला अदालत र राजस्व अनुसन्धान विभागबाट आवश्यक कागजात पेश गर्न आदेश दिएको छ। अदालतले विभाग र जिल्ला अदालत दुवैसँग थुनामा राख्ने कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म पेश गर्न निर्देशन दिएको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार आदेश जारी गरेको हो। खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका थिए।

राजस्व अनुसन्धान विभागको पत्र अनुसार ललितपुर जिल्ला अदालतले खड्काको तेस्रोपटक ३ दिन म्याद थप गरेको थियो। सर्वोच्चले म्याद थपको पर्चा र सम्बन्धित मिसिलसहित पेश गर्न पनि आदेश दिएको छ।

खड्काको रिहाइको लागि रिट उनकी पत्नी बिनिता थापाले दायर गरेकी हुन्। यसअघि पनि महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले पक्राउ र थुना म्यादसम्बन्धी लिखित जवाफ माग गरेको थियो। खड्का प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चैत १५ गते पक्राउ गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू