नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल मा आवद्ध निराजन पौडेल (निरे) लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार विभिन्न अभियोगमा मौखिक तथा लिखित उजुरी परेपछि पौडेललाई नियन्त्रणमा लिइएको हो। उनीमाथि ज्यानमार्ने उद्योग, हातहतियार सम्बन्धी कसुर तथा अभद्र व्यवहारका घटनामा संलग्नता रहेको आरोप छ।
प्रहरीका अनुसार उनलाई बिहीबार बालुवाटारबाट पक्राउ गरिएको हो। प्रारम्भिक बयानमा उनले आफू ठेक्कापट्टाको काममा संलग्न रहेको बताएका छन्।
अनुसन्धानका क्रममा उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहसँग आवद्ध रहेको र सार्वजनिक शान्ति खलल पार्ने गतिविधिमा सक्रिय रहेको खुलेको प्रहरीले जनाएको छ।
हाल उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ भने अन्य आरोपहरूमा अनुसन्धान जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्