Ads

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति


नेपाली कम्युनिस्ट पार्टीले सरकारले देशभर सुकुम्बासी परिवारको झुप्रा भत्काउने र उचित पुनर्वास नदिने कदमलाई “अमानवीय” ठहर गर्दै तत्काल रोक्न माग गरेको छ। पार्टीले यस कदमले पीडित परिवारलाई संकटमा पार्ने र सीमान्तकृत समुदायमा राज्यप्रति विश्वास कमजोर पार्ने चेतावनी दिएको छ।

पार्टीले नयाँ सरकार गठनसँगै बढेको महँगी र कालोबजारी नियन्त्रण गर्न आग्रह गर्दै, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य बताएको छ। पार्टीका अनुसार लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्याय सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व हो।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्ने सुझाब दिँदै सुकुम्बासी, किसान, मजदूर र उत्पीडित समुदायप्रति संवेदनशील हुन जोड दिएको छ। “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा भनिएको छ।

Ads

सम्बन्धित पोष्टहरू