Ads

राजनीति परिवर्तन भयो, जनताको जीवनमा परिवर्तन आएनः सीपी मैनाली


काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले राजनीतिक दलहरुले देश परिवर्तनको नेतृत्व गरेको तर पनि लक्ष्य पुरा नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना सन्देश दिदै उक्त कुरा बताएका हुन ।

जनताको चाहना अनुसार काम हुन सकेन् । चर्चित आन्दोलनबाट आएको माओवादीले जनताका असन्तुष्टि पुरा गरोस भन्ने चाहना छ । उनले भने ‘माक्र्सवादीहरुले धेरै प्रश्नको जवाफ दिनु छ । अहिले राजनीतिक दलहरुमाथि धेरै प्रश्न उठेका छन् । यसको जवाफ यो महाधिवेशनले दिनुपर्छ ।’
राजनीतिक आन्दोलन गरेर जनताका अधिकार बढाए पनि हामी गोलचक्करमा फसेका छौ । यसको जवाफ चाहिन्छ । कम्युनिस्ट आन्दोलनबाट धेरै प्रश्नको जवाफ खोज्नु पर्ने मैनालीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू