नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि सम्पत्ति विवरण विवादका कारण तुरुन्त अनुसन्धान सुरु गर्न सरकारसँग माग गरेको छ।
सम्पर्कित विवादले सार्वजनिक चासो, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै कांग्रेसले स्वतन्त्र, निष्पक्ष र प्रभावरहित अनुसन्धान सुनिश्चित गर्नुपर्ने बताएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसे को हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्।”
पार्टीले ढिलासुस्ती, प्रभाव वा ढाकछोपले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर आघात पुग्ने चेतावनी पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस्