विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै गृहमन्त्री सुधन गुरुङले आरोप र सत्य फरक रहेको स्पष्ट पारेका छन्।
उनले भने, “अपराध र सत्य एउटै कुरा होइन। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ।”
गुरुङले थपे कि उनी पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछन् र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छन्। उनका अनुसार यस विषयमा हल्लामा मात्र होइन, प्रमाणमा उभिनुपर्ने आवश्यकता छ।
गृहमन्त्रीले शहीदहरूको बलिदान र जनजी आन्दोलनको मर्म सम्झाउँदै जनतालाई जिम्मेवार रहन र घटनाको सत्यतर्फ ध्यान दिन आग्रह गरेका छन्।
यस प्रतिक्रिया पछि राजनीतिक दलहरू, विशेषज्ञ र जनताबीच विवाद र बहस अझ सक्रिय बनेको छ। यस विषयमा पार्टी र सरकारको कदम आगामी दिनमा कसरी रहनेछ भन्ने प्रतिक्षा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्