अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अन्तर्गत न्युयोर्कमा आयोजित ‘विकासका लागि वित्त’ मन्त्रीस्तरीय सत्रमा प्रमुख वक्ताको रूपमा भर्चुअल सम्बोधन गरे।
अल्पविकसित र विकासोन्मुख मुलुकहरूले भोगिरहेका वित्तीय चुनौतीबारे धारणा राख्दै मन्त्री वाग्लेले नेपाल जस्ता देशहरूको दिगो विकास लक्ष्य हासिल गर्न ठूलो लगानी आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तन र विश्वव्यापी आर्थिक अनिश्चितताबीच विकासशील देशहरूले आन्तरिक स्रोतसँगै अन्तर्राष्ट्रिय सहुलियतपूर्ण वित्त र वैदेशिक लगानीमा सहज पहुँच पाउनु पर्नेमा जोड दिए।
अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक सुधारको नयाँ चरणमा रहेको जानकारी दिँदै सरकारको नीति, सुशासन, संरचनागत सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने योजना स्पष्ट गरे। “हामी नियमित प्रक्रियाभन्दा माथि उठेर आर्थिक रूपान्तरण गर्न चाहन्छौँ, यसका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ,” उनले भने।
सत्रमा विभिन्न देशका मन्त्रीहरू, राष्ट्रसंघका प्रतिनिधिहरू र विज्ञहरूले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्