राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बुधानीलकण्ठ पुगेका छन्।
यसअघि गुरुङलाई विवादास्पद व्यवसायी दीपक भट्टसँगको साझेदारी र लगानीसम्बन्धी विषय सार्वजनिक भएपछि विवादमा मुछिएको थियो।
गृहमन्त्रीमाथि उठेका प्रश्न र आरोपलाई लिएर पार्टी र सरकारप्रति चौतर्फी आलोचना भईरहेको छ। यसैबीच, गुरुङ र लामिछानेबीच भएको भेटले राजनीतिक वातावरणमा नयाँ मोड ल्याउने संकेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्