Ads

गृहमन्त्री गुरुङले दिए राजीनामा


गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै आफ्नो कार्यकाल अन्त्य भएको जानकारी दिएका हुन्।

गुरुङले नागरिकस्तरबाट आफ्नो सेयर तथा सम्पत्तिसम्बन्धी विषयमा उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। उनले आफ्नो पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

राजीनामाको घोषणाअघि उनले प्रधानमन्त्रीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका थिए। भेटमा पछिल्लो राजनीतिक परिस्थिति र उठिरहेका विवादबारे छलफल भएको बुझिएको छ।

सरकार वा सम्बन्धित निकायबाट भने यसबारे औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

Ads

सम्बन्धित पोष्टहरू