Ads

२०८३ वैशाख १० गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाट बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीमार्फत फाइदा लिन सकिनेछ ।

वृष नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् र नाम, दाम तथा इनाम प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर मिल्नेछ ।

मिथुन पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ । केही नोक्सानी भएपनि दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । व्यापारमा राम्रो लाभ हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ ।

कर्कट तारिफ योग्य काम सम्पन्न हुनाले थप अवसर जुट्न सक्छ । अवसर पाएपनि काममा हात हाल्नु अघि राम्ररी विचार गर्नुहोस् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।

सिंह रोकिएका काममा पुनः प्रयास गर्नुहोस् । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुन सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ ।

कन्या दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर छ । नजिकका साथी टाढिएपनि टाढाका साथी नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पुराना कमजोरी सुधार गर्ने मौका पनि मिल्नेछ ।

तुला सामान्य आम्दानी भइरहेपनि आर्थिक अभावले सताउन सक्छ । छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आशा नगरेको काम बन्नाले उत्साह बढ्नेछ ।

वृश्चिक व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोस् । शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ ।

धनु सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमबाट धेरैलाई प्रभावित पार्न सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागेपनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

मकर समुदायको हित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । राम्रो धन तथा भौतिक वस्तु लाभ हुने समय छ ।

कुम्भ आज नातेदारहरूसँग झैझगडा पर्न सक्ने सम्भावना छ, साथै आर्थिक समस्या पनि आउन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् । वादविवादमा पर्ने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोस् ।

मीन आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान प्राप्त हुनेछ । तर गरिरहेको काममा केही समस्या आउन सक्छ । चुनौतीहरू पार गर्दै रोकिएका काम सम्पन्न गर्न सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू