Ads

केरा नआउँदा कुलेश्वर फलफूल बजारका सटर बन्द


बजारमा केरा आपूर्ति कम भएका कारण मूल्य अस्वाभाविक रूपमा बढेको छ। खुद्रा बजारमा एक दर्जन केराको मूल्य ३५० रुपैयाँ सम्म पुगेको उपभोक्ताले जानकारी दिएका छन्।

सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि बजारमा यसको प्रभाव परेको हो। केरा कम आउँदा थोक बजारमा पनि असर परेको छ। कुलेश्वर फलफूल बजारमा केही थोक पसलहरू बन्द भएका छन्, जसले व्यवसायीलाई कठिन अवस्थामा पुर्‍याएको छ।

फलफूल व्यवसायी दिलीप राउतले बताए–“स्थानीय उत्पादनले माग धान्न सक्दैन। केरा नपाउँदा कतिपय पसल बन्द गर्नुपरेको छ। हामी मर्कामा परेका छौँ, खर्च धान्नै गाह्रो छ।”

उपभोक्ताले पनि आपूर्ति अभावले मूल्य बढेको विषयमा चिन्ता व्यक्त गरेका छन्। अहिले बजारमा केरा खोज्न गाह्रो भएको र भाउ धेरै भएकोले दैनिक उपभोगमा असर परेको छ।

विशेषज्ञहरूले भने–आयात प्रतिबन्ध र स्थानीय उत्पादन सीमित भएकोले मूल्य नियन्त्रण चुनौतीपूर्ण भएको छ।

Ads

सम्बन्धित पोष्टहरू