सुरु नै हुनुअघि संघीय संसदको अधिवेशन स्थगित भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक स्थगित गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार, अधिवेशन स्थगित हुनुको विशेष कारण रहेको जनाइएको छ।
मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो २ः०० बजे संसद् भवन, नयाँ बानेश्वरमा आह्वान गरेका थिए।
तर, निर्धारित मितिमा संसद् बैठक नहुने भएपछि राजनीतिक हलचल र बहसको अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्