Ads

मनोहराको सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मीको ठूलो टोलीसहित पुग्यो डोजर


भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्ती हटाउन आइतबार बिहानैदेखि सुरक्षाकर्मीको ठूलो टोली डोजरसहित परिचालन गरिएको छ।

शनिबार साँझ बस्ती हटाउन पुगेको टोली स्थानीय सुकुम्बासीको प्रतिरोधपछि फिर्ता भएको थियो। त्यसपछि आइतबार बिहान पुनः व्यापक सुरक्षाबलसहित डोजर लिएर टोली बस्ती क्षेत्रमा पुगेको हो।

हाल बस्ती खाली गराउने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। केही सुकुम्बासी भने आफ्ना सामान आफैं सार्न व्यस्त देखिएका छन् भने क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ।

सरकारले यसअघि शनिबार काठमाडौंको थापाथली र गैरीगाउँका सुकुम्बासी बस्ती पनि हटाइसकेको छ। सोही क्रमलाई निरन्तरता दिँदै मनोहरास्थित बस्ती खाली गर्ने योजना अघि बढाइएको जनाइएको छ।

बस्ती हटाउने कार्यसँगै प्रभावित सुकुम्बासीहरूको पुनर्स्थापना र व्यवस्थापनबारे भने स्पष्ट जानकारी आउन बाँकी रहेको छ।

 

Ads

सम्बन्धित पोष्टहरू