Ads

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, एम्सको सदस्य बन्यो


पोखरा । पोखरा म्याराथनले अन्तर्राष्ट्रियता मान्यता पाएको छ । नेपालकै जेठो दावी गरिएको उक्त म्याराथनले विश्वभरका म्याराथनको छाता संस्था एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को सदस्यता पाएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ ।

१७ औं संस्करणको म्याराथन आगामी फागुन ६ गते हुँदै छ । केही समयअघि पोखरा म्याराथनको दौड रुटले पनि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सदस्यता प्राप्त गरेसँगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिएका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एम्सको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । ‘हामी सबैका लागि यो खुशीको खबर हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीका लागि गौरवको विषय हो,’ उनले भने । उक्त म्याराथनले पोखराका १७ वटा वडालाई छोएको छ ।

Ads

सम्बन्धित पोष्टहरू