Ads

पदमा हुँदा यी काम गर्दिनँ भन्दै मन्त्री सीता वादीले गरिन् १० वाचा


हिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले पाँच हप्ताको अनुभव सार्वजनिक गर्दै आफूले पालन गर्ने प्रतिवद्धता र नीतिहरू प्रस्तुत गरेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेको छु।”

मन्त्री वादीले कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राख्दै काम गर्ने बताएकी छिन्। उनले भनिन्, “नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु। सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ।”

उनले सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको उल्लेख गर्दै १० प्रतिवद्धताहरू सार्वजनिक गरिन्:

  • नातागोता, चिनजान वा स्वार्थका आधारमा नियुक्ति र बढुवा नगर्ने।
  • कानूनविपरीत भनसुन र शक्तिको दुरुपयोग नगर्ने।
  • कानून उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण नगर्ने।
  • लागूऔषध, ठगी, कुटपिट, तस्करी जस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने।
  • भ्रष्टाचार र घुस लिने–दिने कार्य नगर्ने र जानकारी पाए कारबाही गर्ने।
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक र अपाङ्ग व्यक्तिहरूमाथि हुने हिंसा र अन्यायविरुद्ध लड्ने।
  • सरकारी स्रोतसाधनको दुरुपयोग नगर्ने।
  • सरकारी सेवा छिटो गराउन वा निजी प्रयोजनका लागि दबाब नदिने।
  • मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा नलिने।
  • सबै नागरिकलाई समान सेवा दिने, विशेष गरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिने।

मन्त्री वादीले आफ्नो काममा पारदर्शिता, समानता, कानूनी पालन र नागरिकको विश्वास कायम राख्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

Ads

सम्बन्धित पोष्टहरू