Ads

आज साँझदेखि यी जिल्लामा तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह


जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि नेपालका केही क्षेत्रमा तीव्र हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रभावित क्षेत्रहरूमा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला पर्छन्।

हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५:४५ बजे र समाप्त हुने समय बिहीबार बिहान ७:४५ बजे रहेको विभागले जनाएको छ।

विभागले पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएका कारण देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।

जनजीवन, कृषि, यातायात र विद्युत् सेवामा असर पर्न सक्ने भएकाले विभागले सबैसँग सतर्क रहनु र आवश्यक सुरक्षा उपाय अपनाउनु आग्रह गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू