सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ।
यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनामा यात्रुवाहक र मालवाहक सवारी साधनको भाडा ५ प्रतिशतले बढाइएको जनाएको छ।
विभागका अनुसार, भाडा वृद्धि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यही १२ गते लागू गरिएको हो। भाडा वृद्धि डिजेलको मूल्यवृद्धिका कारण आवश्यक भएको विभागले जनाएको छ।
तर, यस वृद्धि विद्युतीय सवारी साधनमा लागू हुने छैन। यसअघि चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्