Ads

२०८३ वैशाख १७ गते बिहीबार, तपाईको दैनिक राशिफल


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) एकल तथा साझेदारी व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । शिक्षा क्षेत्रको लगानीबाट मनग्गे  धन सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आकस्मिक धन, सम्पत्ति लाभ हुने तथा चिट्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरि प्रसिद्धि कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने योग रहेको छ । न्यून पारिश्रमिकमा समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुति गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ ।

Ads

सम्बन्धित पोष्टहरू