मेष चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइसँग मनमुटाव हुन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित हुन सकिने संकेत छन् । काममा कठिनाइ आउन सक्छ, त्यसैले सावधानीपूर्वक अघि बढ्नुहोस् ।
वृष आम्दानी सन्तोषजनक रहनेछ, तर पारिवारिक समस्या बढ्न सक्छ । रुचिका क्षेत्रमा लगानी गर्ने समय छ । नसोचेको स्थानबाट आम्दानी हुन सक्छ ।
मिथुन काममा जोश जाँगर बढ्नेछ र मन प्रफुल्ल रहनेछ । सेयर बजार वा व्यापारमा सफलता मिल्न सक्छ । आर्थिक लाभ हुने संकेत छन् । पुराना साथीभाइसँग भेटघाट हुनेछ र मनोरञ्जनका अवसर मिल्नेछन् ।
कर्कट वादविवादमा पर्ने सम्भावना छ, सावधान रहनुहोस् । अनायासै धन हानी हुन सक्छ । आफ्नै कमजोरीका कारण समस्या आउन सक्छ । परिवारमा असमझदारी बढ्न सक्छ र अभिभावक वा मान्यजन रुष्ट हुन सक्छन् ।
सिंह काम तथा नोकरीमा केही झमेलाको सामना गर्नुपर्ने हुन सक्छ, तर व्यापारमा लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ । मान सम्मान बढ्नेछ र आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ ।
कन्या सोचेका काम पूरा हुनेछन् र मन प्रसन्न रहनेछ । मान्यजनको आगमन हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफन्त र मित्रसँग भेटघाट हुनेछ ।
तुला नोकरी तथा राजनीतिमा गरेका प्रयास फलदायी हुनेछन् । कला, साहित्य र मनोरञ्जनतर्फ रुचि बढ्नेछ । पारिवारिक सुख समृद्धि बढ्नेछ ।
वृश्चिक स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा सावधानी अपनाउनुहोस् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । भौतिक साधनको क्षति र अनपेक्षित खर्चको सम्भावना छ ।
धनु सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन् । खेतीपाती वा व्यवसायबाट लाभ हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । दैनिक काम सहज रूपमा सम्पन्न हुनेछन् र रोकिएका काम पूरा हुनेछन् ।
मकर तपाईंको प्रशंसा गर्नेहरू बढ्नेछन् । व्यापार व्यवसायबाट राम्रो लाभ हुनेछ । व्यवसायिक क्षेत्रमा प्रगति हुनेछ र धन लाभको योग छ । काममा उत्साह बढ्नेछ र दिन रमाइलो बित्नेछ ।
कुम्भ टाढाको यात्राबाट लाभ मिल्नेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । नयाँ काम सुरु गर्दा सोच विचार गर्नुहोस् । बोलीको प्रभाव बढ्नेछ र काम सहज रूपमा सम्पन्न हुनेछन् ।
मीन भौतिक साधनको क्षतिले खर्च बढ्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । घरायसी चिन्ताले सताउन सक्छ । अनावश्यक खर्च बढ्नेछ र काममा मन कम जाने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्