Ads

मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल


पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूमाथि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै खरेलले भनेका छन्, “कसैलाई पनि भ्रममा नपर्न अनुरोध गर्दछु। म अहिले कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु र मैले कुनै गल्ती गरेको छैन। गल्ती नगरेकाले मलाई डर छैन।”

उनी थप्छन्, “यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमा प्रहार गर्छन् भनेर नसोचे हुन्छ। बाँकी कानुनी उपचार खोज्नेछु।”

खरेलको यो प्रतिक्रिया केही सञ्चारमाध्यममा उनका नाम जोडेर फैलाइएका समाचार र सामाजिक सञ्जालका पोस्टसँग सम्बन्धित रहेको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू