Ads

प्रदेशस्तरीय खाना तथा परिकार महोत्सव गाईघाटमा फुट फेस्टिबल हुने


उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा दोस्राे उदयपुर खाना तथा परिकार महोत्सव (फुट फेस्टिबल)  हुने भएको छ । कला र संस्कृति संरक्षण, आन्तरिक पर्यटन प्रवर्द्धनमा पहुँच, परिर्वतन स्वरोजगार समृद्धिको मुल आधार भन्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

प्रदेशस्तरीय दोस्राे खाना परिकार महोत्सव तथा लाखे नाच प्रतियोगिताको आयोजना गरिएको जनाएका छन । खाना तथा परिकार महोत्सवमा प्रदेशस्तरीय लाखे नाच र नेवा छमछमी सिजन ३ प्रतियोगिता हुने जनाएका छन ।

महोत्सवको मूख्य उद्देश्य छरिएर रहेको जातजातिहरूको परिचान कला, भेषभुषा, रहन सहन, धार्मिक तथा सांस्कृतिक परम्परा, भाषा तथा साहित्यको पहिचान गर्न, जाजताजिबीच सांस्कृतिक तथा धार्मिक सदभाव अभिवृद्धि गर्न, लोक संस्कृतिको उत्थान तथा जर्गेना गर्ने रहेको छ ।

खाना तथा परिकार महोत्सवमा ३० वटा जातीय खानाको स्टल रहने छन् । आउँदाे पुस ४ देखि १० गते सम्म त्रियुगा नगरपालिका– ११ गाईघाट बजारको मूल चोकदेखि उत्तर, पिपल चोकदेखि दक्षिणबीचको सडकमा फुट फेस्टिबल आयोजना गरिएको झीगु नेवाः पुच र नेवा देय् दबु उदयपुरले जनाएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू