Ads

सदनमा प्रचण्डको सम्बोधन- जनयुद्ध सम्झेर बने भावुक र नोस्टाजिल्क (सम्बोधनको पूर्णपाठ)


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधन गर्दै जनयुद्ध सम्झिएर भावुक बने।

उनले भने, “बाहिरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ, तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान छ। हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद्का लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन गर्‍यौँ।”

प्रचण्डले संसद भवनको जग र भित्री संरचना जनयुद्धमा शहादत दिनेहरूमार्फत रङिएको बताए। उनले इतिहासका सशस्त्र र शान्तिपूर्ण सबै आन्दोलन, पछिल्लो जनजातीय आन्दोलनसम्मका सहिद, बेपत्ता, घाइते योद्धा र अभियानकर्मीप्रति हार्दिक कृतज्ञता प्रकट गरे।

उनले पुराना र नयाँ नेता वा पार्टीका नाममा फैलिएको गलत भाष्यप्रति असन्तुष्टि जनाउँदै यस्तो विभाजनले परिवार, समाज र राजनीतिमा मात्र दूरी ल्याउने चेतावनी दिए।

त्यसैगरी प्रचण्डले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाए। उनले सरकारको नीति तथा कार्यक्रम मधेस र कर्णाली क्षेत्रसम्म पुग्न नसकेको भन्दै सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे।

प्रचण्डको अभिव्यक्तिले संसद् भवनलाई केवल संरचना नभई संघर्ष र बलिदानको प्रतीकका रूपमा हेर्ने राजनीतिक दृष्टिकोण उजागर गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू