Ads

न्यायालय–संसद विवाद चुलिँदा नेपाल बारको आकस्मिक बैठक


न्यायालयको आदेशपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन ले पछिल्लो विकसित घटनाक्रमबारे धारणा सार्वजनिक गर्न आकस्मिक बैठक डाकेको छ।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्र ले प्रधानन्यायाधीशबाट जारी आदेश, त्यसको कार्यान्वयन तथा प्रतिनिधिसभामा उठेका प्रतिक्रियाबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका हुन्।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले केही रिट तथा निवेदन लामो समयदेखि रोकिएको भन्दै तत्काल दर्ता गर्न र मंगलबारका लागि पेशी तोक्न न्याय प्रशासनलाई निर्देशन दिएकी थिइन्।

उक्त आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठकमा समीक्षा बास्कोटा र यज्ञमणि न्यौपाने लगायत सांसदहरूले त्यसप्रति आपत्ति जनाएका थिए।

Ads

सम्बन्धित पोष्टहरू