श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । मंगलबार (जेठ ५) बसेको बैठकमा बोल्न समय नदिइएको भन्दै उनले बैठक छाडेर बाहिरिएका हुन् ।
बैठकका क्रममा साम्पाङ आफ्नो धारणा राख्न आसनबाट उठेका थिए । तर सभामुख डोलप्रसाद (डीपी) अर्यालले यसअघि बोल्न समय नमागिएको उल्लेख गर्दै बस्न आग्रह गरेका थिए । त्यसपछि साम्पाङ असन्तुष्टि जनाउँदै बैठक कक्षबाट बाहिरिएका हुन् ।
यद्यपि श्रम संस्कृति पार्टीका अन्य सांसद भने बैठकमै सहभागी रहेका छन् ।
यसअघि पनि बैठक सुरु हुनेबित्तिकै साम्पाङले सरकारविरुद्ध नाराबाजीसहित विरोध जनाएका थिए । उनले नारासहितका पर्चा प्रदर्शन गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
श्रम संस्कृति पार्टीले सोमबार (जेठ ४) को प्रतिनिधिसभा बैठकमा पनि पर्चा प्रदर्शन गर्दै सरकारको विरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्