Ads

प्रधानन्यायाधीश सिफारिसको विरोधमा बार एसोसिएसनले निकाल्यो लालटिन जुलुस


नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमको विरोध गर्दै लालटिन जुलुस निकालेको छ । बारको केन्द्रीय कार्यालयमा मंगलबार लालटिन बालेर प्रदर्शन गरिएको हो ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिससँग सम्बन्धित विवाद र सर्वोच्च अदालतको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बार आन्दोलनमा उत्रिएको हो । विशेषगरी डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयमा बारले सुरुदेखि नै विरोध गर्दै आएको छ ।

त्यसैगरी शर्माकै निर्देशनमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसविरुद्ध दायर रिट दर्ता नगरिएको आरोप लगाउँदै बारले आपत्ति जनाएको छ । न्यायालयभित्र विधि र प्रक्रियामाथि प्रश्न उठेको भन्दै बारले निष्पक्षता र पारदर्शिताको माग गरेको छ ।

प्रदर्शनका क्रममा कानुन व्यवसायीहरूले न्यायपालिकाको गरिमा जोगाउन सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू