Ads

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश


दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुको कारण माग गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

भक्तपुर प्रहरीको हिरासतमा रहेका प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई निर्देशन दिएको छ । आदेशमा महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेश गर्न भनिएको छ ।

सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई सूचना पठाउनुका साथै आगामी पेशीमा बहसका क्रममा अनुसन्धानसँग सम्बन्धित सक्कल फाइलसमेत पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउन आदेश दिएको छ ।

प्रसाईं केही दिनअघि वीरगञ्जबाट पक्राउ परेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू