Ads

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेका लागि आह्वान


बागमती, । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको सूचना अनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपदफा ९१० बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको उल्लेख छ ।

बागमती प्रदेश सरकारमन्त्री परिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते दिउँसो १ः०० बजेका लागि आह्वान गर्ने निर्णय गरेको थियो । उक्त अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

Ads

सम्बन्धित पोष्टहरू