Ads

संविधान संशोधनबारे नागरिकसँग सुझाव माग्दै कार्यदल


संविधान संशोधन बहसपत्र कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट राय–सुझाव मागेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार सूचना जारी गर्दै एक साताभित्र सुझाव पठाउन आग्रह गरेको हो ।

कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित लिखित सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ । सार्वजनिक सूचनामा नेपालको संविधानमा गर्नुपर्ने सुधार तथा संशोधनका विषयमा सात दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सुझाव इमेल तथा ह्वाट्सएपमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । कार्यदलले [email protected][email protected] इमेल ठेगानामा सुझाव पठाउन आग्रह गरेको छ । यस्तै, ह्वाट्सएपमार्फत सुझाव पठाउन ९८५६०२९९४७ नम्बर उपलब्ध गराइएको छ ।

संविधान संशोधनका विषयमा बहस तथा सुझाव संकलन गर्न संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत संसदबाहिर रहेका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीराष्ट्रिय जनमोर्चा का एक–एक प्रतिनिधि रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू