Ads

२०८३ जेठ १० गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सिर्जनात्मक कामप्रति आकर्षण बढ्नेछ । रोकिएका तथा हाँकेका काम सम्पन्न हुने सम्भावना छ । अध्ययन, तालिम तथा ज्ञानमूलक गतिविधिमा संलग्न भई लाभ मिल्ने समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक दृष्टिले दिन लाभदायक देखिएको छ । हाकिम वा मान्यजनको विश्वास जित्न सकिनेछ भने परिवारबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । घर जग्गा, सेयर वा अचल सम्पत्तिसम्बन्धी कारोबारमा लगानी गर्ने अवसर मिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सहकार्य र सामाजिक सम्बन्ध मजबुत बन्ने दिन छ । पुराना साथीभाइसँग भेटघाट तथा अध्ययन–लेखन र भविष्यका योजनाबारे छलफल हुने सम्भावना छ । सामाजिक तथा सार्वजनिक हितका कार्यमा सक्रियता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एक्लोपन महसुस गरिरहनुभएको छ भने आज नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । आम्दानीका नयाँ स्रोत खुल्ने संकेत देखिएको छ । आर्थिक लाभको सम्भावना भए पनि जोखिमपूर्ण वा शंकास्पद कारोबारबाट टाढा रहनु उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त तथा प्रियजनसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । आत्मविश्वास र ऊर्जा दुवैमा वृद्धि हुनेछ । मिहिनेतको उचित परिणाम प्राप्त हुने समय भएकाले काममा सक्रिय रहनु उपयुक्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक एउटै काम र वातावरणबाट दिक्क लाग्ने अवस्था आउन सक्छ । नयाँ कुरा सिक्ने र कार्यशैली परिवर्तन गर्ने सोच विकसित हुनेछ । खर्च अचानक बढ्न सक्ने भएकाले आर्थिक निर्णय गर्दा सावधानी आवश्यक देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी वा प्रशासनिक काम मिलाउनका लागि दिन अनुकूल छ । साथीभाइ तथा सहयोगीबाट साथ र सहयोग प्राप्त हुनेछ । अधुरा काम पुनः सुरु गर्ने समय आएको छ । खर्च बढेपनि पुरानो लगानीबाट लाभ मिल्ने संकेत देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने समय छ । राजनीति वा समाजसेवामा सक्रिय व्यक्तिहरूका लागि विशेष उपलब्धिमूलक दिन रहनेछ । पुरस्कार, सम्मान वा पद प्रतिष्ठा प्राप्तिको योग बनेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) चुनौतीका बीचमा पनि काम सम्पन्न गरेर प्रतिष्ठा जोगाउन सकिने दिन छ । पारिवारिक जिम्मेवारी र अभिभावकको साथ महत्वपूर्ण बन्नेछ । प्रेम सम्बन्धमा भावनालाई नियन्त्रणमा राख्दै संवाद गर्नु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्वास्थ्यमा कमजोरी महसुस भए आरामलाई प्राथमिकता दिनु उचित हुनेछ । खनिज पदार्थ तथा पुरातात्त्विक वस्तुसँग सम्बन्धित व्यवसायमा लाभ मिल्ने संकेत छ । लो ब्लडप्रेसरको समस्या हुनेहरूले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कलात्मक तथा मनोरञ्जनसम्बन्धी क्षेत्रमा सफलता मिल्ने दिन छ । अभिनय, गायन, नृत्य, डिजाइनिङ वा भिडियो निर्माणजस्ता क्षेत्रमा सक्रिय व्यक्तिहरूका लागि अवसर आउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ भने साथीभाइको साथ पनि प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्य क्षेत्रमा धेरै मेहनत गर्नुपर्ने दिन छ । सेवाग्राही वा सहकर्मीसँगको विवाद ठूलो बन्न सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । प्रेम सम्बन्धमा केही तनाव देखिए पनि संवादले समस्या समाधान गर्न मद्दत गर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू