मेष राशि शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय छ । परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ । सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ ।
वृष राशि कार्यमा मन नलाग्ने, निर्णय प्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ । आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ ।
मिथुन राशि पराक्रममा वृद्धि हुने समय रहेकोले महत्वाकांक्षी कार्यहरूमा आत्मविश्वासपूर्वक अघि बढ्न सकिनेछ । दाजुभाइ तथा नजिकका साथीहरूको समर्थन प्राप्त हुनेछ ।
कर्कट राशि व्यवसायिक क्षेत्रबाट मध्यम लाभ हुने देखिन्छ भने पारिवारिक पक्ष सन्तोषजनक रहनेछ । अध्ययनमा लगाव बढ्नेछ र विद्यार्थीहरूले मनग्ये प्रगति गर्न सक्छन् ।
सिंह राशि आर्थिक लाभ तथा पारिवारिक सन्तुष्टिका लागि अनुकूल समय हो । व्यापार व्यवसायमा अपेक्षित लाभ प्राप्त हुने सम्भावना छ । रोजगारीका क्षेत्रमा पदोन्नति तथा सम्मान प्राप्त गर्न सकिने देखिन्छ ।
कन्या राशि दैनिक जीवनमा चाप तथा खर्चको वृद्धि हुन सक्छ । वित्तीय निर्णय गर्दा विवेक अपनाउनु उपयुक्त हुनेछ । पारिवारिक तथा पेशागत दायित्वमा तालमेल मिलाउन कठिनाइ हुन सक्छ ।
तुला राशि पछिल्लो समयका प्रयासहरूबाट लाभ प्राप्त हुन सक्छ । आर्थिक पक्षमा सुधार आउनेछ । शैक्षिक नतिजा अपेक्षित रुपमा प्राप्त हुने सम्भावना छ । पारिवारिक वातावरण सुखद रहनेछ र प्रेम जीवनमा विश्वासको पुन:स्थापना हुन सक्छ ।
वृश्चिक राशि नयाँ योजना प्रारम्भ गर्न अनुकूल समय हो । व्यवसाय विस्तार, लगानी तथा नयाँ अवसरहरू खोज्न सकिनेछ । पद प्रतिष्ठा बढ्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा पनि राम्रो प्रगति हुने देखिन्छ ।
धनु राशि धार्मिक र सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । तर, वाणी तथा व्यवहारमा संयमता नअपनाउँदा विवाद उत्पन्न हुन सक्छ । हतारमा गरिएका निर्णयहरू पछुतोको कारण बन्न सक्छन् ।
मकर राशि सावधानीपूर्वक अघि बढ्नु पर्ने समय हो । सवारी वा औजार प्रयोग गर्दा सतर्कता आवश्यक छ । प्रतिस्पर्धामा पछाडि पर्ने खतरा देखिन्छ । सहकर्मी वा प्रतिस्पर्धीबाट उत्पन्न हुने अवरोधबाट सचेत रहनुपर्छ ।
कुम्भ राशि पेशागत यात्राको सम्भावना छ, जसबाट आर्थिक फाइदा हुन सक्छ । संवाद तथा वाणी प्रभावशाली बन्ने समय हो, जसले सम्बन्ध सुधार्न मद्दत पुर्याउनेछ । प्रेम र वैवाहिक सम्बन्धमा न्यानोपन बढ्नेछ ।
मीन राशि नयाँ योजना, लगानी वा व्यवसायको प्रारम्भ गर्न अनुकूल दिन हो । स्वास्थ्य, प्राविधिक वा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि विशेष सफलता मिल्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्