Ads

आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब हुने


चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने प्रतिव्यक्ति राष्ट्रिय कुल आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिक्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको पनि बताए।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कृषि, उद्योग, सेवा, वैदेशिक व्यापार, लगानी तथा रोजगारीलगायत सूचकमा सुधारको अपेक्षा गरिएको उल्लेख छ।

Ads

सम्बन्धित पोष्टहरू