Ads

संविधानमा सबै कुरा छ तर केहि पनि छैन : अनिल झा


काठमाडौं । जनता समाजवादी पार्टीका नेता अनिलकुमार झाले अहिलेको संविधानमा सबै कुरा छ तर केहि पनि नभएको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिदै उक्त कुरा बताएका हुन ।

‘अहिलेको संविधानमा सबैकुरा छ तर केहि पनि छैन ,उनले भने, ‘अस्पतालमा सबै कुरा हुन्छ तर एक यूनिट रगत कसैले दिदैन । यो संविधान पनि त्यस्तै छ । यसमा सबै कुरा छ तर केहि पनि छैन ।’

आफूहरुले गरेको आन्दोलन र माओवादीले गरेको आन्दोलन अधिकार प्राप्तीको लागि भएको दाबी गरे । उनले भने ‘हामीले शान्तिपूर्ण आन्दोलन ग¥यौ । माओवादीले क्रान्तिकारी बाटो समात्नु भयो । त्यहि भएर हाम्रो पार्टी कहिल्यै आतंककारी भनेका थिएनौ ।’
संघीयता र समावेशीको मुद्दामा माओवादीले उचित तरिकाले सम्बोधन गर्नुे बताए ।

Ads

सम्बन्धित पोष्टहरू